skip this

आजकाे माैषम : यी प्रदेशमा हुनेछ आज हावा–हुरीसहित वर्षा

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेशलगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आजराति प्रदेश–१, मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

nijgadh-supermart-adz1200-630