आजको मौसम : पहाडी क्षेत्रबाहेक देशभरको मौसम सामान्यतया सफा रहने
पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन
वि.सं.२०७८ फागुन १८ बुधवार ०७:४४
sf7df8f}F, !) c;f/ . sf7df8f}Fsf] g}sfkaf6 b]lvPsf] pkTosf . s]xL lbg otf pkTosfdf udL{ a9]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ । देशभर सामान्यतया मौसममा बदली देखिएको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएको छ ।
राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
बिहीबार पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन महाशाखाले गरेको छ ।
वि.सं.२०७८ फागुन १८ बुधवार ०७:४४

















