skip this

टोपबहादुर रायमाझीका छोरालाई काठमाडौं ल्याईयो, केही बेरमा अदालत लगिँदै

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दिपलाई आज बिहान काठमाडौं ल्याईएको हो ।

काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याईएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद लिइनेछ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् ।

हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।आठ सय ७५ युवासँग रकम उठाएको आरोपमा मुछिए पछि सन्दिपका पीता टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630