skip this

धादिङमा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ८ जना घाइते

708 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। —शनिबार धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । जिल्ला अस्पताल धादिङका अनुसार मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ वर्षका इन्द्रजीत पासी र २५ वर्षका सद्दाम अन्सारी रहेका छन् ।घाइतेमध्ये वर्ष २२ का विनोद चमार, वर्ष २८ का तुलसीराम पासीलाई रिफर गरिएको छ ।

अन्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. दिनेश रेग्मीले जानकारी दिए ।कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए ।

दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये ३ को मध्यम र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630