औराहामा दुई बालिकामाथि बलात्कार : मुद्दा फिर्ता लिन परिवारलाई दबाब !
एक जना पक्राउ, एक जना फरार

वि.सं.२०७९ माघ १८ बुधवार १७:१४

मेचि महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशले चन्द्रपुरमा सञ्चालन गरेको सेभ हाउसमा अध्यक्ष पुजा पाठकसंग पीडित बालिका र बालिकाको स्वास्थ्य रिर्पोट ।
काठमाण्डौं–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाकी बालिका १३ वर्षिया सुधा (नाम परिवर्तन) र ११ वर्षिया सर्मिला (नाम परिवर्तन) १० पुस क्रिसमसको विदाका कारण घरमै खेलेर दिन बिताए ।
सुधाकी ममी बजार गएकी थिईन् । ममीलाई सोधर साथीलाई पु¥याउन गईन् । सर्मिलाको घर नजिक पुगेका उनीहरु विशेष आर्थिक क्षेत्र (सेज) घुम्न गए । त्यहाँबाट फर्किर उनीहरु सर्मिलाको अन्टिको घरमा गए । उनीहरु त्यहाँबाट फर्किने क्रममा गाउँका दुई जना किशोरले आए । सर्मिलाको उनीहरुसंग कुराकानी पनि भयो । घर आउने क्रममा साँझ परिसकेको थियो । केहि अघि पुगेपछि सुनसान अध्यारो ठाउँमा किशोरहरुले उनीहरुलाई जर्बजस्ती तानेन लगेर बलात्कार गरे । उनीहरुले यो घटना सार्वजनिक गरेनन् ।
त्यसको ८ दिनपछि सुधार र सर्मिला विद्यालय टिफिन टाईममा चट्पटे खान नजिकैको देवाश्रम पुगे । त्यहाँ ती किशोरहरु पनि आईपुगे । उनीहरुलाई पुनः जर्बजस्ती हातमा तानेपछि हातमा टोकेर उम्किन सफल भईन् । त्यहाँबाट उम्किएकी सुधा परिवारसहित ईलाका प्रहरी कार्यालय पुगेको थिईन् । उनले किशोर विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
घटना भएको एक महिना वितिसकेको छ । १६ माघमा सुधालाई १३ वर्षिया बालिकालाई मेचि महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशले चन्द्रपुरमा सञ्चालन गरेको सेभ हाउसमा तीन दिन राखेर घर फर्काईएको छ । पीडित बालिकालाई तीन दिन हस्पिटलमा स्वास्थ्य उपचार र परामर्शपछि लत्ताकपडासहित अभिभावकलाई जिम्मा लगाईएको मेचि महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशकी अध्यक्ष पुजा पाठक तिमल्सिनाले बताईन् । ‘बालिकामा मानसिक दबाब परेको छ,’ उनले भनिन–एकोहोरो भएकी छिन् । बालिका विद्यालय पनि गएकी छैनन् ।
गाउँमै केस मिलाउन दबाब
पीडित परिवारलाई गाउँमै केस मिलाउन दबाब परेको छ । उपचार खर्च, पढाई खर्च व्यहोर्ने प्रस्तावमा मुद्दा फिर्ता लिन दबाब दिईएको पीडित परिवारले जनाएको छ । छरछिमेक र गाउँलेबाट सहयोग नपाएको गुनासो पीडित परिवारको गुनासो छ । पीडक गाउँमा खुल्यआम घुमेपनि प्रहरीले पक्राउ नगरेको भन्दै आक्रोश पोखेका छन् । पीडितकी ममी एक उद्योगकी श्रमिक हुन् । छोरीको अवस्था देखेर काममा जान सकेकी छैनन् ।
खोजि कार्य जारी : प्रहरी
ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सीनाले दुई जना बालिकामाथि दुई जना नाबालकले बलात्कार गरेको जाहेरी र बयानका आधारमा अनुसन्धान भईरहेको बताए । प्रमुख प्रहरी नायव उपरीक्षक तिमल्सीनाका अनुसार एक बालिकामाथि बलात्कार घटनामा संलग्न भएको नाबालकलाई पक्राउ गरि अनुसन्धानपछि बालसुधार गृह पठाईसकेको र अर्का एक नाबालक फरार छन् । फरार नाबालकमाथि खोजिकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ माघ १८ बुधवार १७:१४