skip this hetauda tech

हेटौंडा उपमहानगरपालिकाले ७१ जना कर्मचारी हटायो

336 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर-हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारीलाई सेवाबाट हटाएको छ ।

उपमहानगरपालिकाले विभिन्न समयमा नियुक्त गरेका ७१ जना कमएचारीलाई एकै पटक सेवाबाट हटाएको हो । उपमहानगरपालिकाले विगतमा करार र ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरुको करार नवीकरण नगरेर उनीहरुलाई सेवाबाट हटाएको हो ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको निर्देशन तथा उपमहानगरपालिकाको कार्यपालिका र नगरसभाबाट गरिएको निर्णय लागू भएसँगै उनीहरु सेवाबाट बाहिरिएका हुन् । उपमहानगरपालिकाले विभिन्न समयमा विज्ञापन प्रकाशन नै नगरी आन्तरिक रुपमा करार र ज्यालादारीमा उनीहरुलाई नियुक्त गरेको थियो ।

विगतमा तत्काल कार्य संचलनको लागि नियुक्त गरिएको कर्मचारी लोकसेवा आयोगबाट पदपूर्ति भइ आएकाले उपमहानगरपालिकालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्य अनुसार उनीहरुको करार अवधि नविकरण नगरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उपहामनगरपालिकाबाट बाहिरिएका कर्मचारी केही मात्रामा लोक सेवा आयोगबाट प्राप्त भएको र केही माग गर्ने क्रममा रहेकाले सेवा प्रवाहमा कुनै असर नपर्ने गरी उनीहरुको करार अवधी थप नगरिएको उनले बताए ।

nijgadh-supermart-adz1200-630