महोत्तरीमा दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु
वि.सं.२०७९ असार १२ आइतवार ०८:५३
939
shares

काठमाडौं । महोत्तरीमा दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । गए राति दुईतले घरको छतबाट लडेर जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट अचानक लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७९ असार १२ आइतवार ०८:५३

















