skip this

सर्लाहीमा ५ केजी गाँजासहित दुई जना पक्राउ

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । लालबन्दी नगरपालिका–१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–१२ बस्ने ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन् ।

प्र.२–०२–००५ प २२०६ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630