ताप्लेजनुङको फक्ताङलुङमा माओवादी र ऐसेलुखर्कमा एमाले विजयी
वि.सं.२०७९ जेठ २ सोमवार ०७:०४

काठमाडौं । ताप्लेजनुङका दुई वटा गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । फक्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र ऐसेलुखर्क गाउँपालिकामा एमाले विजयी भएको हो ।फक्ताङलुङ गाउँपालिका –अध्यक्षमा माओवादी केन्द्रबाट राजन लिम्बू ुमुक्तिु विजयी भएका छन् । बिहान सम्पन्न मतगणना अनुसार लिम्बू २ हजार ६६० मत ल्याएर विजयी भएका हुन् ।
उनी निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज लिम्बूलाई ३४८ मतान्तरले पछि पार्दै अध्यक्ष बनेका हुन् । पराजित सरोजले २ हजार ३१२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय तापेथोकले जनाएको छ ।उपाध्यक्षमा २ हजार ३५८ मत ल्याउँदै कांग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका शान्ति माया लिम्बू पौडेलले २ हजार २१२ मत ल्याइन् ।
ऐसेलुखर्क गाउँपालिका – ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन् ।
वि.सं.२०७९ जेठ २ सोमवार ०७:०४
















