skip this farak Kura Pravakar

आफूविरुद्ध परेको उजुरीको आज जवाफ दिनुपर्ने

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ।

आइतबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध सोमबार परेको उजुरीको जवाफ दिनका लागि मंगलबार दिउँसो २ बजेसम्मको समय सीमा तोकिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध निर्वाचन कार्यालय र सम्बन्धित केन्द्रमा उजुरी परेको छ।

देशैभरका उम्मेदवारविरुद्ध परेको उजुरी पछि आयोगले छानबिन गरी आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई सूचना गरिसकेको निर्वाचन कार्यालयले जानकारी गराएको छ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय सीमा पनि तोकिसकिएको छ। सोही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

nijgadh-supermart-adz1200-630