skip this

एमाले इलाम नगरपालिकाको प्रमुखमा चेम्जोङ र उपप्रमुखमा रिजाल

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एमालेले इलाम नगरपालिकाको प्रमुखमा धिरेन चेम्जोङलाई उम्मेद्वार बनाउने भएको छ । यसअघि प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि असन्तुष्ट समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।

एमालेको प्रदेश कमिटीले नगरपालिका प्रमुखमा चेम्जोङको नाम टुंगो लगाएपछि पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र मनोनयनमा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने तयारी भइरहेको छ ।

एमालेले नगरको उपप्रमुखमा सिता रिजालको नाम टुंगाएको छ । नेपाली कांग्रेसबाट प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल उम्मेद्वार छन् ।

nijgadh-supermart-adz1200-630