skip this farak Kura Pravakar

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्रीसमक्ष नेकपा (एमाले) का मन्त्रीहरुले आज राजीनामा बुझाएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई थिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको हो । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको छ । दुई दिनअघि सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले आज बसेको सचिवालय बैठककम सरकारबाट अलग हुने निर्णय गरेको हो।

 

nijgadh-supermart-adz1200-630