skip this

आज बागमती प्रदेशसभा बैठक बस्दै, एमालेका सांसद् उपस्थित नहुने

1.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरे लगत्तै अनिश्चित कालका लागि स्थगित गरिएको प्रदेशसभाको चालु दशौं अधिवेशनको २५ औं बैठक आज बस्ने भएको हो । आजको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसदहरु अनुपस्थित हुने भएका छन् ।

पूर्व निर्धारित कार्यतालिका अनुसार पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेश सभाको बैठकमा एमालेका सांसदहरु अनुपस्थित हुने भएका हुन् ।आजको प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकहरु माथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630