एमाले निजगढ तेस्रो अधिवेशन : सदस्य सहमतिमै टुङ्गाियो ! सहमति नजुटेपछि मतदानबाटै पदाधिकारी छान्ने
पदाधिकारीकाे आज मनोनयन भोलि मतदान गर्ने तयारी
वि.सं.२०८२ वैशाख २१ आइतवार ०७:४९

बारा (निजगढ)-नेकपा (एमाले) निजगढ नगर कमिटीको तेस्रो अधिवेशन अन्तर्गत सर्वसम्मत रूपमा कार्यसमितिको सदस्य निर्वाचित गरेको छ।
तेस्रो नगर अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनको लागि भएको मनोनयनमा वडाबाट सर्वसम्मत रुपमा सदस्यहरुले मनोनयन दर्ता गराएपछि नयाँ कार्यसमिति सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

५० सदस्य नयाँ कार्यसमिति सदस्यको नामावली भने निर्वाचन समितिले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
पदाधिकारीमा जुटेन सहमति
सदस्यहरूमा सहमति जुटे पनि कार्य समितिको पदाधिकारी भने सहमति जुट्न सकेको छैन ।
कार्यसमिति सदस्य निर्वाचित भएसँगै नयाँ पदाधिकारी चयनको प्रक्रिया भने अब सुरु हुने भएको छ ।
निर्वाचन समितिले पदाधिकारीको मनोनयन दर्ता भएको छैन । सहमतिको वातावरण बनोस् भनेर मनोनयन पत्र भने दर्ता नगरेको हो ।
भाेली मतदान
निर्वाचन कमिटी स्रोतका अनुसार आजबाट पदाधिकारीकाे मनोनयन पत्र दर्ता हुनेछ ।
भोलिबाट मतदान गर्ने तयारीमा निर्वाचन समिति जुटेको छ ।
नयाँ पदाधिकारी चयनको लागि पदाधिकारीका आकांक्षीहरूले मनोनयन पत्र लगे पनि दर्ता भने नगरिएकाे हाे ।

अध्यक्ष पदमा आधा दर्जन बढी आकांक्षी देखिएका छन्। त्यसैगरी सचिव, उपाध्यक्ष, उपमहासचिव लगायत पदमा पनि उत्तिकै आकांक्षाहरूको सूची रहेको छ ।
वि.सं.२०८२ वैशाख २१ आइतवार ०७:४९
















