एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटौंडामा मीना मेयरका उम्मेदवार
वि.सं.२०७९ वैशाख १२ सोमवार १०:४१
2.08K
shares

काठमाडौं । धनराज आचार्य सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा उम्मेदवार बन्ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।
वि.सं.२०७९ वैशाख १२ सोमवार १०:४१

















