skip this farak Kura Pravakar

गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ । दाङमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् ।

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिकाको प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जिप आइतबार कार्यालयमा बुझाएका हुन् ।

आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै गाउँपालिका अध्यक्षले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए । २०७४ सालको स्थानीय तहमा अध्यक्ष वली माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचित भएपछि करिब २३ लाखदेखि ६० लाखसम्मका गाडी किनेर चढ्दै आएका छन् ।

ऐन कानुनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सवारीसाधन प्रयोग गर्ने सुविधा छ । जिल्लामा स्थानीय तहका प्रमुखदेखि वडाध्यक्षले समेत सवारीसाधन प्रयोग गर्दै आएका छन् ।

nijgadh-supermart-adz1200-630