skip this

नक्कली भुटानी शरणनार्थी : भ्रष्ट्रचार विरुद्ध सडकमै सृजनामार्फत आक्रोशित भए सर्जक (भिडियो)

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ-काव्य घर नेपाल सबै खाले भ्रष्टाचारका विरुद्ध माइतीघर मण्डलामा कवि साहित्यकार कलाकारहरुले सिर्जना प्रस्तुत गर्दै भ्रष्टाचार विरुद्ध कार्यक्रम काव्य घर नेपाल मिडिया प्रालिको सयोजकत्वमा सप्पन्न भएकाे छ ।

कार्यक्रममा एभरेस्ट न्युज टिभी,आर आर अनलाइन टिभी, नेपाल बोर्डर टिभी, फरक नेपाल डट कम, काव्य घर नेपाल दमक झापा, पेरोल साहित्य प्रतिष्ठान नेपालको सहकार्य रहेको थियो ।

कार्यक्रममा साहित्यकारहरु ललिता दोषी, रश्मि रिमाल, उषा केसि भुवन शिवाकोटी चौघरे, मन्जिला अनिल,दिनानाथ घिमिरे ,बिजयधोज थापा ,राजकुमार खड्गा,मनिला वन्त, बासुदेव ठकुरी, कुमार रिजाल, अरुण कुमार गिरीलगायत दुई दर्जनले आफ्नो प्रस्तुति मार्फत भ्रष्टाचार विरुद्ध आन्दोलनको आव्हान गरेका थिए ।

साहित्यकार पत्रकार राजकुमार खड्गाले झापामा भएको गंभिर घटनाका बारेमा खुलासा गरेका थिए । भुमाफियाद्वारा ठगी बढेकाले भुइँ मानिसहरू जीवना मरणको दोशाधमा रहेको बताए ।

बिर्तामोडमा केही दिन अघि मृत्यु वर्ण गरेका हरि मैनालीको घटना बारे बताए । त्यस्तै दमकमा आमोद दहाल र देउ कुमार लिम्बुको ठगी काण्ड बारे पनि खुलाए ।

नक्कली शरणार्थी सम्बन्धमा गणेश तिमिल्सिना काण्डको फायल जिल्ला प्रशासन कार्यालयमा पेन्डिङमा रहेकोे भन्दै अब फायल सार्वजनिक गराउनुपर्ने माग गरे ।

काव्य घर नेपाल मिडिया प्रालिको संचालक सदस्य साहित्यकार पत्रकार रेणुका भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा सम्पुर्ण सर्जकहरुले सबैखाले भ्रष्टाचारका विरुद्ध अब नियमित लाग्नुपर्ने बताए ।

भिडियो :

nijgadh-supermart-adz1200-630