भिमसेन कार्की बचाउ अभियानमा जुट्यो एक लाख ८६ हजार बढी सहयोग (सूचिसहित)

वि.सं.२०८० असोज १२ शुक्रवार ०७:४०

बारा–बाराको निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मिना चौरेलको आह्वानमा एक विरामीको उपचारका लागि एक लाख ८६ हजार बढी सहयोग रकम संकलन भएको छ ।
निजगढ ४ की चौरेलले सामाजिक सञ्जालमार्फत स्थानीय ३४ वर्षिय भिमसेन कार्कीको उपचारका लागि भिमसेन कार्की बचाउ अभियान सञ्चालन गरेकी थिईन् ।
ब्रेन ट्यूमर, प्यारालाइसिस, ब्लड इन्फेक्स्न, इन्सिफ्लाइटिस जस्ता रोगले ग्रसित भएका उनको एक महिनादेखि काठमाडौंमा उपचार भईरहेको थियो । अल्का अस्पतालमा १५ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको उनको वीर अस्पतालमा रिफर गरि आइसियुमा राखेको ११ औं दिनमा सामाजिक सञ्जालमा आह्वान गरिएको थियो ।
डेढ महिना अझैं अस्पतालमा राख्नु पर्ने र उपचारमा आफ्न्तबाट केही सहयोग केही ऋण गरि ९ लाख खर्च भईसकेको भन्दै थप उपचारको लागि आर्थिक अभाव भएको भन्दै कमजोर आर्थिक अवस्थाको विरामी परिवारलाई सहयोगको अपील गरिएको थियो ।
अभियानका क्रममा करिब दुई लाख आर्थिक संकलन भईसकेको छ । संकलित एक लाख ८६ हजार एक ४० रुपैया बुधबार परिवारलाई हस्तान्तरण गरिएको छ । अभियानका अभियन्ता मिना चौरेलले बिरामीको दिदी कोपिला तिवारीलाई रकम हस्तान्तरण गरेकी हुन् । यो एक सय १३ जना व्यक्तिबाट संकलन भएको सहयोग हो ।
यसअघि श्री बाबा रामेश्वर एकादशी समूहबाट सड्ढलन भएको १० हजार तीन सय रुपै“या बिरामीको आमा मममाया कार्कीलाई हस्तान्तरण गरिएको थियोे । सहयोग संकलन अभियान अझैं चलिरहेको छ । रकम हस्तान्तरणपछि निजगढ ७ की सरिता होमगाइले तीन हजार, निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरोले एक हजार एक १० रुपैँया सहयोग गरेका छन् ।
उपचारपछि कार्कीको स्वास्थ्यमा सुधार आएको छ । उनको एक सातादेखि काठमाडौ नेचुरोपेथी अस्पताल बसुन्धारामा नियमित रुपमा थेरापी चलिरहेको छ । सम्पूर्णको सहयोगले विरामीको अवस्थामा निकै सुधार आएको अभियन्ता चौरेलले बताईन् ।
उनको स्वास्थ्य अवस्थाबारेमा नेकपा (माओवादी केन्द्र) का युवा नेता रविराज दंगालले अस्पताल पुगेर जानकारी लिएका थिए ।
कसले कति गरे सहयोग
१) सुरेश कुमार खनाल रु: ५५००।- निजगढ वडा न.९
२) आशिष तामाङ रु: ५१००।- निजगढ ९
३) रमेश दङ्गाल रु: ५१००।- निजगढ ८
४) रामकृष्ण सिग्देल रु: २०००।- निजगढ ४
५) सुनिल कुमार चौधरी रु: १०००।- निजगढ ४
६) सुमित्रा बिक रु: ५००।- निजगढ ४
७) राजसेन कुमर रु: ५००।- निजगढ ४
८) रुद्र तिमल्सिना रु: १०००।- निजगढ ६
९) सन्देश सापकोटा रु: ५०१।- निजगढ ४
१०) अमर बहादुर तिमल्सिना रु: १०००।- हेटौंडा
११) राजन पोखरेल रु: २५००।- हाल कतार
१२) दुर्गा सापकोटा पुडासैनी रु: १०००।- हेटौंडा
१३) हिरा तिमल्सिना रु: १०००।- निजगढ ४
१४) रेनुका वाईबा रु: ५५०।- मोरङ कानेपोखरी
१५) मन कुमार अधिकारी रु: १०००।- निजगढ ५
१६) मनि कुमार रु: ७०००।- इलाम दानाबारी २
१७) राजेश चौरेल रु: ७०००।- निजगढ ४
१८) राम खडका रु: १०००।- निजगढ ४
१९) मिलन आचार्य रु: ११००।- निजगढ ५
२०) दुर्गा बहादुर कार्की रु: ५००।- निजगढ ४
२१) कुमार खडका रु: १६००।- निजगढ ४
२२) राधा देबि खडका रु: ११०५।- निजगढ ४
२३) राजकुमार चौरेल एउ: ३३०।- निजगढ ४
२४) राजन खडका रु: ५००।- निजगढ ४
२५) सुमित्रा खडका रु: १०००।- निजगढ ४
२६) सगुन लामा रु: १०००।- निजगढ ९
२७) कल्पना खरेल रु: १०००।- निजगढ ९
२८) शंकर नेपाली रु: ३६२७।- निजगढ ४ हाल कतार
२९ बिनोद चौलागाईं रु:१०००।- बकैया २
३०) सरस्वती खरेल रु: १०००।- सिमरा
३१) पुजा सापकोटा रु: १०००।- निजगढ ६
३२) मनोज सापकोटा रु: ११११।- निजगढ ५
३३) रश्मि खड्का रु: १०००।- निजगढ ५
३४) अमर लाल सिङ्तान रु: ३०००।- निजगढ ४
३५) कैलाश खडका रु:११००।- निजगढ ४
३६) प्रतिमा पान्डे अधिकारी रु: १०००।- निजगढ ४
३७) अर्जुन खडका रु: २०००।- निजगढ ५
३८) रुपा घलान रु: १०००। निजगढ १०
३९) रुद्रनाथ तिमल्सिना रु: २०२०।- निजगढ ४
४०) बिश्वराज सिङ्गतान रु:२१११।- बकैया २ अध्यक्ष
४१) धनपती तिमल्सिना रु: ५०००।- निजगढ ४
४२) राजकुमार बानिया रु: १००५।- गोर्खा २
४३) सन्तोष गौतम रु: १०००।- निजगढ ४
४४) बिमला कार्की रु: १०००।- निजगढ ४
४५) कृष्ण कुमारी सापकोटा रु: ५५००।- निजगढ ९
४६) गोपाल चौरेल रु:५१०।- निजगढ ४
४७) रत्न अधिकारी रु: २०००।- निजगढ ४
४८) देबकी तिमल्सिना रु: ५०५।- निजगढ ४
यहाँ सम्म जम्मा ८८८७५/
४९) सङ्गिता सुवेदी रु: ११००।- हरिवन
५०) श्री सार्बजनिक माबी रु: ७४७०।- निजगढ ५
५१) परिवर्तन सारु मगर रु: १२५०।- दाङ भालुबाङ्ग
५२) बिनम राई रु: ७५०।- सिन्धुली
५३) निर्मला सुनार रु:१०००।- निजगढ ४
५४) सुशील दाहाल रु:११०५।- निजगढ ४
५५) सुरज पाण्डे रु:११०५।- निजगढ ५
५६) राजन गुरु रु: २०११।- निजगढ ४
५७) लोक बहादुर खुलाल रु:१०००।- निजगढ ४
५८) रन्जु अधिकारी तिमल्सिना रु:१०००।- निजगढ ४
५९) सुरज बल रु:१०००।- निजगढ ४
६०) दल बहादुर खत्री(बागलुङे कान्छा)रु: २०००।-निजगढ- ४
६१) जय राम बुढाथोकी रु:१४४५।- निजगढ ४
६२) उषा लामा मोक्तान रु:११००।- निजगढ ८
६३) चन्द्रीका कुमारी मगर रु:१०२०।- निजगढ ७
६४) पारु मगर रु:१०५०।- निजगढ ७
६५) पबित्रा गौतम रु:५५०।- निजगढ ८
६६) रामकृष्ण हुमागाई रु: ११११।- बकैया २
६७) शान्ती लामा रु:२५००।- निजगढ ७
६८) हरि सिकारी रु:५१०।- निजगढ ४
६९) प्रेम बहादुर बुढाथोकी रु:५१०।- निजगढ ४
७०) अनिल खनाल रु;११०५।- निजगढ ४
७१) शृजना गौतम तिवारी रु:१०००।- निजगढ ४
७२) सन्त बहादुर बल रु:२०५०।- निजगढ ४
७३) सुरेन्द्र खुलाल रु: १०५०।- निजगढ ४
७४) रामचन्द्र कटुवाल रु:२०००।- निजगढ ९
७५) ज्ञान बहादुर गोले रु: १५००।- निजगढ १२
७६) हरि कुमार काफ्ले रु:१०१५।- निजगढ ४
७७) मनमाया तामाङ रु:१०५०।- निजगढ ८
७८) सीता पौडेल रु:११०५।- निजगढ ४
७९) सुर्य घलान रु: २०००।- निजगढ १३
८०) हरि बहादुर तिमल्सिना रु:११०५।- निजगढ ४
८१) सीता अधिकारी रु: २०००।- निजगढ ५
८२) आशा चौलागाईं रु: २०००।- निजगढ ५
(८३)होम बहादुर खड्का रु १,०००/-निजगढ -४
(८४)रामकुमार खड्का रु १,१११/-निजगढ -४
(८५)सुमित्रा शिवाकोटि रु १,१००-निजगढ -४
(८६)शुभद्रा सापकोटा रु १,१००/-निजगढ -४
८७)शुभद्रा नेपाल रु १,०००/-निजगढ -४
८८)अमृता बस्नेत रु १,०००/निजगढ -३
८९)युदिप तिमल्सिना रु ५,०००/निजगढ -७
९०)निको हेल्थ क्लिनिक २,०५१/निजगढ -५
९१)सामना थापा १०२०/निजगढ -५
९२) पुतली सापकोटा रु ५,०००/निजगढ -५
९३)सबिना अर्याल रु २५००/निजगढ -५
९४)बिष्णु रिजाल रु १,००५/सिमरा -१५
९५)दल बहादुर खड्का रु ५१०/निजगढ- ४
९६)सान्ता खड्का रु ५००/निजगढ -४
९७)देब शंकर वाइवा रु ५००/निजगढ -४
९८)पबित्रा बुढाथोकी रु१०५०/निजगढ -४
९९)सुमन नेपाली रु ५००/निजगढ -७
१००)सुरज गौतम रु १००५/निजगढ -५
१०१)अस्मिता नेपाली रु ५२०/निजगढ -४
१०२)आदित्य कार्की रु ४,०००/निजगढ -६
१०३)गहतराज सुनचाँदी पसल रु २,५००/निजगढ -४
१०४)महिला बिकास केन्द्र रु ५,११०/निजगढ (बारा)
१०५)नबराज राउत (रुद्र राउउत)रु १,५०५/निजगढ -५
१०६)असुनी थापा मगर रु १,०००/निजगढ -५
१०७)सोभा तिमल्सिना रु १,५००/निजगढ -६
१०८)मनोज चौलागाईं रु १,०००/निजगढ -५
१०९)अमृत न्यौपाने रु ५००/हेटौंडा -१
११०)कृष्ण काफ्ले रु १,०००/निजगढ -४
१११)सम्पदा सर्मा (चौलागाईं )रु ५००/हाल -हेटौंडा
११२)बिष्णु गौतम रु ५००/हाल हेटौंडा
११३)सुजन नेपाल रु १,१११/निजगढ -५
११४) सरिता होमगाइ रु. ३००० /निजगढ ७
११५) सहइया गुरो रु.१०१०/ निजगढ ११

वि.सं.२०८० असोज १२ शुक्रवार ०७:४०