वडा अध्यक्ष गोल्डकप : हेटौंडालाई हराउँदै रतनपुर सेमिफाईनलमा प्रवेश
वि.सं.२०८० कात्तिक २० सोमवार १९:५८
बारा- निजगढ नगरपालिका वडा नम्बर ११ मा सञ्चालन भइरहेको वडा अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगितामा रतनपुर युनाइटेड फुटबल क्लब निजगढ–११ रतनपुर विजयी भएको छ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको खेलमा रतनपुर युनाइटेड २–० गोल अन्तरले विजयी भएको हो ।
हेटौंडा फुटबल एकेडेमीलाई युनाइटेडले खेल अवधिभर दवावमा राखेको थियो । हेटौंडा फुटबल एकेडेमीले पाएको कयौं अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्योहोर्नु परेको हो ।
सुरुमा सक्रियतामा रहे हेटौंडा फुटबल एकेडेमी एक गोल पछाडी परेपछि भने निराश भए ।
त्यस्तै एकेडेमीले खेललाई बराबरमा फर्काउन कोसिस गर्दै थिए । त्यसपश्चात पुनः एक गोल खाएपछि हेटौंडा फुटबल एकेडेमी स्तब्ध भएका थिए ।
रतनपुरका लागि साजन गुरो र बादल गुरोले समान एक–एक गोल गरे । रतनपुर युनाइटेडका तर्फबाट बसन्तको पासलाई सदुपयोग गर्दै साजनले प्रहार गरेको बलले जाली चुमेका थिए ।
त्यस्तै बादलले गोल थप्दै टोलीलाई दोब्बरको अग्रता दिलाएका हुन । जितसँगै युनाइटेड सेमिफाइनलमा प्रवेश भएको छ ।
खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति भन्ने नाराका साथ क्लबले आयोजना गरेको आयोजकले जनाएको छ ।
खेलको म्यान अफ द म्याच पानी रतनपुर युनाइटेड फुटबल क्लब का खेलाडी विक्रम लामा घोषित भएका थिए ।
लामालाई निजगढ–१२ का वडा अध्यक्ष ज्ञान बहादुर लामाले ट्राफीसहिर नगद एक हजार हस्तान्तरण गरेका थिए ।
त्यस्तै कार्तिक २१ गते मंगलबार चन्द्रपुर रौतहट र वीरगञ्ज युनाइटेडविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
वि.सं.२०८० कात्तिक २० सोमवार १९:५८