skip this

कैलालीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

2.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कैलालीको टीकापुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक न १६ की ५० वर्षीया टंकी सोडारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । कर्णाली नदी तटबन्धको काम गरिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो ।

उनलाई शनिबार वडा नं २ स्थित सन्कट्टीघाट जानेबाटो सितल सामुदायिक बन नजिक हात्तीले आक्रमण गरेको थियो। शनिबार दिउँसो ५.३० बजे जंगलमा हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको टीकापुर अस्पतालले जनाएको छ । मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ। उनका श्रीमानको पनि मृत्यु भइसकेको छ।

 

nijgadh-supermart-adz1200-630