१०८ औं किवानिस दिवसको अवसरमा बालबालिकालाई खाद्यन्न सहयोग
वि.सं.२०७९ माघ ७ शनिवार २१:५७

काठमाण्डौं–१०८ औं किवानिस दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेपालमा पनि क्रियाशिल क्लबहरुले विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।
किवानिस क्ल्ब अफ हेप्पी नेपालकी अध्यक्ष प्रमिला लामिछानेका अनुसार १२ वटा क्लबको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकास्थित पासिकाटेमा रहेका सिर्जना समाज सेवामा सहयोग हस्तान्तरण गरिएको छ ।
क्लबले संस्थामा रहेका आश्रित बालिकालाई खाद्यन्न, स्वास्थ्य सामाग्री सहयोग गरेको हो । संस्थामा दलित समुदायका १६ बालबालिका संरक्षण भईरहेको छ ।

कार्यक्रममा नेपाल डिस्टिक गभर्नर लक्ष्मण लम्साल डिस्टिकका अन्य पदाधिकारी, डिभिजन थर्ड नर्थ गभर्नर नम्रता गुरुङ लगायतको विशेष उपस्थिति रहेको थियो ।

सन् १९१५ जनवरी २१ का दिन अमेरिकाको मिचिगन राज्यमा किवानिज क्लबको बिधिवत स्थापना भएको थियो । नेपालमा भने एक सय वर्ष पछि सन् २०१५ देखि किवानिस क्लबहरु खोलिएको हो । किवानिस क्लबहरुले बालबालिकाको हितको लागी काम गर्दै आएको छ ।
वि.सं.२०७९ माघ ७ शनिवार २१:५७

















