skip this

पहिरोले घर भत्किँदा कालीकोटमा एकै परिवारका ५ जना बेपत्ता

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कालीकोट । केही दिनदेखि परेको अविरल बर्षाका कारण गएको पहिरोले घर भत्किँदा कालीकोटमा एकै परिवारका पाँच जनासँगै १६ पशुचौपाय १६ पशुचौपाय बेपत्ता भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको तिलागुफा नगरपालिका–७ बालीगाउँमा पहिरो जाँदा एकै परिवारका पाँच जना बेपत्ता भएका हुन्।

स्थानीय ध्रुवराज विष्टको पहिरोले घर भत्किँदा एकै घरका पाँच जनाको परिवार नै बेपत्ता भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर भत्किँदा ४२ वर्षीया ध्रुवराज विष्ट, उनकी ३५ वर्षीया पत्नी ममता विष्ट, १५ वर्षीय छोरा भरत विष्ट, १३ वर्षीय कृपेश विष्ट र ११ वर्षीया छोरी ज्यानी विष्ट बेपत्ता भएका छन्।घटनास्थलमा ८ जनाको प्रहरी टोली खटिएको र निरन्तर परेको वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले भनाई रहेको छ।

nijgadh-supermart-adz1200-630