माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको उम्मेदवारी दर्ता
वि.सं.२०७९ असोज २३ आइतवार १६:३९
1.11K
shares

महोत्तरी, २३ असोज । माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी–१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी–१ बाट मनोनयन दर्ता गराएका हुन् ।
यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छनं ।उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमाले उमेद्वार लक्ष्मी महतोसँग उनको प्रतिस्पर्धा हुने भएको छ । यसअघिको महतोले पोखरेलसँग पराजित भएका थिए ।
वि.सं.२०७९ असोज २३ आइतवार १६:३९

















