skip this hetauda tech

सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते

519 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा हिजो मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा साईकलयात्री धनगढीमाई नगरपालिका–११ का १९ वर्षिय सुरज मगर, साईकलमा पछाडी सवार २३ वर्षिय विष्णु महतो र मोटरसाइकल चालक धनगढीमाई नगरपालिका–५ जयपुरका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।

घाइते तीन जनाको आरके मेडिसिटीमा उपचार भैरहेको छ । घाईते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको छ ।

हिजो बेलुकी पौने ८ बजे बा ३१ प ८०१७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जानकारी दिएको छ ।

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–२ भानुचोकमा गएराति मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा पैदलयात्री जनकपुर उपमहानगरपालिका–१६ का रमेश चौधरी र उनका छोरा ८ वर्षिय आकाश चौधरी र मोटरसाईकल चालक सिरहाको सिरहा नगरपालिका–१२ का दिनेश कुमार यादव रहेका छन् ।

घाइते तीन जनाकै धनुषा अस्पताल जनकपुरमा उपचार भैरहेको छ । घाइते मध्ये रमेशको अवस्था गम्भिर रहेको छ ।

गएराति ९ बजे प्रदेश २ ०१ ००३ प ६८५६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय रेल्वेले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630