१३ दिनदेखि हाेटलमा बस्दै आएका युवक मृत भेटिए
वि.सं.२०७८ माघ १६ आइतवार १०:५०
1.34K
shares

काठमाडौं : कैलालीको छगौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा एक युवक मृत भेटिएका छन् ।
१३ दिनदेखि हाेटलमा बस्दै आएका घोडाघोडी नगरपालिका- १ का अन्दाजी ३५ वर्षिय साधन डान मृत फेला परेका हुन् ।
कोठाभित्र खाटमा घोप्टो परेकाे अवस्थामा फेला परेकाे अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए । मृत्युको कारण नखुलेको र घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
वि.सं.२०७८ माघ १६ आइतवार १०:५०

















