skip this

तीनकुनेमा पुलबाट नदीमा खसेका दुई जनाको उद्दार

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको तीनकुनेमा बनाउदै गरेको पुलबाट मोटरसाइकल र त्यसमा सवार दुई जना नदीमा खसेका छन् ।
निर्माणाधीन पुलबाट जाँदै गरेको मोटरसाइकल बागमती नदीमा खसेको प्रहरीले जनाएको छ । मंगलबार साँझ नदीमा खसेका दुई जनालाई उद्दार गरी प्रहरीले निजामती कर्मचारी अस्पलामा पठाएको छ ।
प्रहरी वृत्त बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार उक्त दुर्घटनामा एक महिला र एक पुरुष घाइते भएका छन् । उनीहरुको नाम खुलेको छैन ।

nijgadh-supermart-adz1200-630