skip this

पशुपति क्षेत्र विकास कोषकाे गोठाटारमा ५३४ रोपनी जग्गा अतिक्रमण, खाली गर्न निर्देशन

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८ गोठाटारमा ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा परेकाे छ ।
जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेकाे कोषले जनाएको छ ।
खाली गर्न निर्देशन
अतिक्रमित जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन काेषले निर्देशन दिइएको छ ।
बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेको छ । ‘केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेको पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएको पाइएकाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आफैले भत्काइ लैजानु होला,’ सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।
अन्यथा कोष आफैले छाप्रा भत्काउने चेतावनी दिइएको छ । त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खोजिएको थियो । त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि कोषले कदम चाल्न सकेको थिएन ।

nijgadh-supermart-adz1200-630