लागूऔषधसहित युट्युबर कार्की पक्राउ
वि.सं.२०७८ माघ २१ शुक्रवार १७:०८
879
shares

काठमाडाैं । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटमा लागूऔषधसहित युट्युबर पक्राउ परेका छन् ।
बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय चेतन कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले चलाएको चेतनभ्लग आवरणको ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो । साेही क्रममा उनि पक्राउ परेका हुन् ।
कार्कीको साथबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम बरामद भएको छ भने गाडीभित्र राखेको गीतारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजासमेत प्रहरीले फेला पारेको छ ।
युट्युबर कार्कीलाई लागूऔषध मुद्दामा शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार १७:०८

















