गर्भवतीको हत्या आरोपमा पति र ससुरा पक्राउ, खाल्डाेबाट शव निकालियाे
वि.सं.२०७८ माघ २१ शुक्रवार २१:५१
837
shares

काठमाडाैं । एक गर्भवती महिलाको हत्या आरोपमा कपिलवस्तुमा पति र ससुरालाई प्रहरीले पक्राउ गरेकाे छ ।
यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई हत्या गरेको आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम र उनकाे बुवा ५० वर्षीय अब्बासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृतक महिला दुई महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले शुक्रबार गाडेको शव उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएकाे छ। घटनाबारे अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।
वि.सं.२०७८ माघ २१ शुक्रवार २१:५१

















