skip this

‘भ्यालेन्टाइन डे’ सुरु : आज राेज डे, कुन रङको गुलाफ केको प्रतीक

1.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

एजेन्सी । हरेक वर्ष फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ आउने गर्छ । त्यसको हप्ता दिनअघि देखि नै विभिन्न ‘डे’ मनाउने गरिन्छ ।

यसै क्रममा आज  ‘रोज डे’ परेको छ । यस दिन प्रेमी प्रेमिकाले एकआपसमा गुलाफको फूल आदानप्रदान गर्छन् । विभिन्न रङका मध्ये रातो गुलाफ प्रेम, शान्ति र क्षमताको प्रतीक हो ।

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो गुलाफ आदानप्रदान हुने गर्छ । रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक पनि हो ।

गुलाफी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक हो । गुलाफी रङको गुलाफले सुन्दरता जनाउँछ । हल्का गुलाफी रङको गुलाफको अर्थ सहानुभूति हुन्छ भने गाढा गुलाफी रङलाई कृतज्ञतासँग जोड्ने गरिन्छ ।

पहेंलो गुलाफ मित्रताको प्रतीक हो । भ्यालेन्टाइन डेमा खासै आदानप्रदान नुहुने यस रङको गुलाफ फ्रेन्डसिप डेमा भने बढी नै आदानप्रदान गरिन्छ ।

सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो । कसैले चोखो मनले माया गरेको छ भने सेतो गुलाफ उपहार दिनलाई रोज्छ । सेतो रङको गुलाफको अर्थ शुद्धता, सरलता र शान्तिसँग पनि जोडिन्छ । कालो गुलाफ बिदाइको प्रतीक हो । यो रङको गुलाफले माया मरिसकेको अर्थ दिन्छ ।

यस्तो छ इतिहास

विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए।

सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।

जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए।

उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।

nijgadh-supermart-adz1200-630