skip this

ग्रीनलाइनबाट मन्त्री नै ठगिएपछि

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बैंकको ऋण तिर्न नसकेर ग्रीन लाइनका सञ्चालकहरु भागेपछि एक जना प्रदेश मन्त्रीको कम्पनी ठगिएको भन्दै प्रहरीमा पुगेको छ ।

गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठ आवद्ध रहेको गणेश इन्टरप्राइजेजले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा शनिबार उजुरी दिएको हो ।

कम्पनीका तर्फबाट गोविन्द्रप्रसाद श्रेष्ठले उजुरी दिएका छन् । ‘८ लाख रुपैयाँको रक्सी दिएपनि ग्रीन लाइनले भुक्तान दिएको रहेनछ ।

गणेश इन्टरप्राइजेजको कार्यालय सानो भर्‍याङमा रहेको छ । जावलाखेल डिस्ट्रिलरीको आधिकारिक विक्रेता रहेको गणेश इन्टर प्राइजेजले ग्रीन लाइनलाई दिएको रक्सीको भुक्तान दिन बाँकी रहेकाले रकम पाउँ भन्दै उजुरी गरेको प्रहरीले जनाएकाे छ । सञ्चालकहरु फरार भएपछि ग्रिन लाइन ‘सिल’ गरिएको छ ।

nijgadh-supermart-adz1200-630