skip this farak Kura Pravakar

मोटरसाईकल दुर्घटनामा आमा–छोरीको मृत्यु

921 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा । पर्सामा ट्याक्टरमा मोटरसाईकल ठोकिँदा आमा–छोरीको मृत्यु भएको छ ।
ना. ४ त ८१४६ नम्बरको ट्याक्टरमा, बा ५५ प ६५२८ नम्बरको मोटरसाईकल आइतबार साँझ ६ बजे ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० वर्षीया विद्या देवी थरुनी र उनकी ४ वर्षीया छोरी अन्याको मृत्यु भएको हो । अन्याको घटनास्थलमै र विद्या देवी वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक विद्या देवीकी पति मोटरसाईकल चालक अनिल महातो सामान्य घाईते भएका छन् ।
धार्मिक स्थल भाठाबाट बोलबम गएका कावरीयालाई लिएर फर्किदै गरेको ट्याक्टरले तीन जना सवार मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्याक्टर चालक पर्साको जगदनाथपुर गाउँपालिका २ का ५० वर्षीया सुरेन्द्र राम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630