skip this

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा नियुक्त भएका सुवेदी काे हुन् ?

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो ।
कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने कार्यमा नेपाल सांस्कृतिक संघ सक्रिय छ ।
लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिककर्मीहरूको प्रतिनिधित्व गर्दै नेपाली भाषा, कला, साहित्य, गीत संगीत र संस्कृतिका विभिन्न विधामा सक्रिय साँस्कृतिकर्मीहरूको हक हित संरक्षणमा अझै सशक्त रुपमा क्रियाशील रहने प्रतिवद्धता जनाएका छन् ।
काे हुन सुवेदी ?
नव नियुक्त महामन्त्री सुवेदीले सांस्कृतिककर्मीहरूको हक हित संरक्षणका लागि सक्रिय छन् ।
सुवेदी रोल्पाको त्रिवेणी गाउँपालिका–५ का स्थायी वासिन्दा हुन् । सुवेदी नेपाली सांस्कृति र साहित्यमा कलम चलाउदै आएका छन् । नेपाल साँस्कृतिक संघको विविध गतिविधिमा संलग्न रही संघको विस्तारमा धेरै जिल्ला पुग्ने व्यक्ति मध्ये एक हुन् । संघकाे महासचिव पदमा उनकाे आगमनले नेपाल सांस्कृतिक संघलाइ नयाँ उचाईमा पुर्‍याउने विश्वास लिइएको छ ।

nijgadh-supermart-adz1200-630