एकसातादेखि हराईरहेका गोकर्णेश्वरका युवक मृत फेला
वि.सं.२०७८ माघ २६ बुधवार १७:११
825
shares

काठमाडाैँ । एकसातादेखि हराईरहेका गोकर्णेश्वर शंखडोलबाट हराइरहेका शिशिर भण्डारी मृत फेला परेका छन् ।
गोकर्णेश्वर नगरपालिका-९ शंखडोलबाट गत बिहीवार बिहान ७ बजेदेखि हराइरहेका २७ वर्षीय शिशिर भण्डारी सुन्दरीजलमाथि मुलखर्क भन्ने स्थानमा मृत फेला परेका हुन् ।
उनको परिवारले दिएको जानकारीअनुसार शिशिर बिहीवार बिहान ७ बजेदेखि हराइरहेका थिए । घरसँगै रहेको पसलको सिसिटिभीमा उनी हरियो डाउन ज्याकेट र निलो ट्राउजर लगाएर हिँडिरहेको देखिएकाे थियाे ।
मुलखर्ककाे जङ्गलको खोचमा उनको शव फेला परेको प्रहरीले जनाएकाे छ । दाउरा काट्नेले शव देखेर स्थानीयलाई खबर गरेका थिए ।
भण्डारीको मृत्युको कारण पोस्टमार्टम पछी मात्र थाहा हुने प्रहरीले बताएको छ ।
वि.सं.२०७८ माघ २६ बुधवार १७:११















