एमाले पूर्वमन्त्री बानियाँविरुद्ध बलात्कारको मुद्दा दर्ता गर्न बाँके प्रहरीको आलटाल
वि.सं.२०७८ माघ २६ बुधवार २०:३६

काठमाडाैं । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँवरिुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न अनाकानी गरेको छ । बाँके प्रहरीमा २४ माघमै जुम्लाकी शाही थरकी शिक्षिकाले सांसद बानियाँविरुद्ध बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् ।
पीडित महिला शिक्षिकाको जाहेरी तीन दिन बितिसक्दा पनि बाँके प्रहरीले दर्ता भने गरेको छैन । प्रहरीको ढिलासुस्तीले पीडितमाथि झन पीडा थपेको छ ।
याे पनि….
https://faraknepal.com/11414
पीडित शिक्षिका महिलाले सांसद बानियाँले आफुलाई बलात्कार गरेको बिषयमा प्रहरी कार्यालय नेपालगंज बाँकेमा जाहेरी दिएको तर प्रहरीले दर्ता नगरेको बताइन । उनले भनिन्, ‘अहिले पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर सोधेर आएकी छु, तर प्रहरीले जाहेरी दर्ता भएजस्तै मान्नु भन्दै पठायो ।’
जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने वहालवाला सांसदविरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको बताए । पीडितको जाहेरीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउनु पर्ने हो । तर, अनुसन्धानको बहानामा आलटाल गरिरहेको पीडितको भनाइ छ । प्रहरीले मेडिकल जाँचदेखि घटनास्थल जाँच समेत भइसकेकाले मुद्दा दर्ता हुनेमा आशंकान नगर्न पीडितलाई आश्वासन दिएको छ ।
जाहेरीमा महिलाले बानियाँले आफूलाई दुईपटक कण्डम लगाएर जबर्जस्ती यौनसम्बन्ध राखेको उल्लेख गरेकी छन् ।
बलात्कृत मात्रै होइन, ठूलो रकम लिएको छः पीडित
पीडितले महिलाले न्याय दिलाउन अपील पनि गरेकी छिन् । उनले सांसद बानियाँले बालात्कार मात्रै नभइ २५ लाख रुपैयाँ समेत लिएको जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर २०७६ मा २५ लाख रुपैयाँ दिएकी थिइन ।
सांसद बानियाँले आफु काठमाडौंमा रहेको बेला संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको भन्दै आफुसँग पैसा मागेको उनले बताइन ।
उनले भनिन्, लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याजजसहित फिर्ता दिनु भनेपछि चेक समेत दिएका थिए । तर, बैकमा चेक नसटेपछि नगद मागेको थिए ।’
बानियाँले नेपालगंजमा पैसा लिन बोलाएपछि आएको उनले बताएकी छिन् । ‘नेपालगंजको अप्सरा होटलको २१५ नम्बर कोठमा बेलुकीसम्म रकम दिने भनेर बस्न बध्ये पारेको र सोही होटलमा बसेका बानियाँले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस् भन्दै आएर बलात्कार गरे ।’ उनले भनिन् । बानियाँ मुगु जिल्लाबाट समानुपातिकतर्फबाट संघीय सांसद बनेका हुन् ।
वि.सं.२०७८ माघ २६ बुधवार २०:३६

















