उपसचिवमा ३० जना शाखा अधिकृतकाे बढुवा सिफारिस
वि.सं.२०७८ माघ २७ बिहीवार ०८:३८
Recommendation for promotion of 30 branch officers in the Deputy Secretary
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।
बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्याय), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी र निराजकुमार खत्री रहेका छन्।
त्यस्तै खड्गबहादुर श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसी पनि बढुवा सिफारिसमा परेका छन्।
बढुवा सिफारिसमा पर्नेमा राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशि राई, अमृतबहादुर राई र दशरथ राई पनि रहेका छन्।
वि.सं.२०७८ माघ २७ बिहीवार ०८:३८

















