skip this

शिक्षिका शाही बलात्कार प्रकरण : एमाले सांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँबिरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा बिहीबार आज तीन बजे दर्ता भएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले फरक नेपाल डटकमलाई बताए ।

बाँके प्रहरीमा २४ माघमै जुम्लाकी शाही थरकी शिक्षिकाले  माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएकी थिइन्। गत सोमबार दिइएको जाहेरी बिहीबार दर्ता भएको हो।

फरक नेपाल डटकमसंग कुरा गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बानियाँलाई नियन्त्रणमा लिने जानकारी दिए।

सांसद बानियाँले आफ्नो राजनीति सिध्याउन सुनियोजित तरिकाले फसाइएको प्रतिक्रिया दिएका छन्।

जाहेरीमा महिलाले बानियाँले आफूलाई दुईपटक कण्डम लगाएर जबर्जस्ती यौनसम्बन्ध राखेको उल्लेख गरेकी छन् ।

https://faraknepal.com/11668

https://faraknepal.com/11414

nijgadh-supermart-adz1200-630