राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश
वि.सं.२०७८ माघ २७ बिहीवार १७:४३
sf7df8f}F, @& df3 . /fi6«klt ljBfb]jL e08f/L ;dIf zLtnlgjf;df cfof]lht sfo{qmddf dxfGofoflwjQmfsf] sfof{nosf] @)&&÷)&* sf] jflif{s k|ltj]bg k|:t't ub}{ sfof{nosf k|d'v vDaaxfb'/ vftL . t:jL/ M k|lbk/fh jGt, /f;;
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेश गरिएको हो । राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताइन् ।
महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र समाधानका विषयमा विस्तृत रुपमा प्रतिवेदनमा रहेको र यसको कार्यान्वयन भएमा कानूनको शासन स्थापना भई फौजदारी न्याय प्रशासन प्रभावकारी हुने र पीडितले न्याय पाउने बताइन् ।
वि.सं.२०७८ माघ २७ बिहीवार १७:४३

















