skip this

पर्वतको बनौमा एक करोडको लागतमा बौद्ध बिहार निर्माण सुरु

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब रु एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गरे।
उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख, कोरिया समूहबाट रु ५७ हजार, डबबहादुर गर्बुजाबाट रु ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट रु ३५ हजार, प्रेमबहादुर पुर्जाबाट रु ३० हजार भुवनसिंह पुनबाट रु २५ हजारलगायतबाट सहयोग प्राप्त भएको छ । भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ ।
शिलान्यास कार्यक्रममा मन्त्री बरालले जसको नीति उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न सकिने बताए। ‘परिवर्तनको अगुवाइ माओवादी पार्टीले नै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो’, उनले भने, ‘अब सवै तहमा समृद्धिको नेतृत्व पनि माओवादी पार्टीले नै लिनुपर्ने हुन्छ ।’ नीति एउटाको, नेतृत्व अर्काको भएका कारण तालमेल मिल्न नसकेको उनले बताए ।
समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र सङ्घ सबै तहमा नीतिअनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुदाँ गरिबी अन्त्य गरी देशमा समृद्धि हुने मन्त्री बरालले दाबी गरे । पछिल्लो समयमा पूर्वाधारका क्षेत्रमा देश अघि बढेसँगै अब उत्पादनमा समेत जोड दिनुपर्ने मन्त्री बरालले बताए ।
मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादनसहित पर्यटन प्रवद्र्धन गर्न घरबाससमेत सञ्चालन गर्न मन्त्री बरालले सुझाव दिए। राज्यले सबै धर्मलाई समानरुपले हेर्ने बताउँदै मन्त्री बरालले उक्त बिहार निर्माणमा थप रकम व्यबस्थापन गर्न पुनः पहल गर्नेसमेत बताए ।

nijgadh-supermart-adz1200-630