skip this

नेपालद्वारा ओमान पराजित

726 shares
oil-nigam-amlekhgunj-adv.jpeg

आईसीसी वल्र्डकप लीग–२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङपछि नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो ।
मस्कटको अल अमेरत रंगशालामा आइतबार भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा लक्ष्य भेटाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरेका हुन् । मल्लले ४६ बल खेल्दै २ छक्का र ४ चौका प्रहार गरेर ५२ रन बनाए ।

उनले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको साझेदारी गरे भने ४४ बल खेलेका शेखले ४० रन बनाए । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६ रन बनाएर आउट भएका थिए ।

सन्दीप लामिछाने र करन केसीले चार–चार विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो । ओमान ३८ ओभर खेल्दै १२१ रनमा अल आउट भएको थियो ।

nijgadh-supermart-adz1200-630