skip this

२४ बर्षपछि पक्राउ

909 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जबरजस्ती करणीको मुद्दामा संलग्न फरार एक जनालाई प्रहरीले २४ वर्षपछि फक्राउ गरेको छ ।

संखुवासभाको मकालु गाउँपालिका एकका ४० वर्षका मिङ्तेम्बा शेर्पालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौं इचङ्गुनारायणको ठुलोभर्याङ्गबाट पक्राउ गरेको हो ।

फरार रहेका शेर्पाले २०५४ साल पुष १८ गते राती घर फर्कदै गरेकी महिलालाई मकालु गाउँपालिकास्थित चत्चेक भन्ने स्थानमा एक्लै फेला पारेपछि मार्ने धम्की दिएर जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ ।

संखुवासभा जिल्ला अदालतले २०६१ साल चैत १० गते शेर्पालाई साविक मुलुकी ऐन, जवरजस्ती करणीको महल बमोजिम पाँच बर्ष कैद सजाय र प्रतिवादीको अंश भागबाट आधा पीडित महिलाले पाउने फैसला गरेको थियो ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले शेर्पालाई पक्राउ गरेर मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको व्यूरोका प्रवक्तासमेत रहेका उप–निर्देशक प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630