सर्लाहीका दुई स्थानमा आगलागी
वि.सं.२०७८ फागुन ५ बिहीवार ११:१०
1.19K
shares

सर्लाही । सर्लाही जिल्लाका दुई स्थानमा आगलागी भएको छ ।
हरिपुर नगरपालिका-३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका-४, का देवराज सिङतानको घरमा आगलागी भएको हो ।
प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएको छ ।
सिङतानको घरमा साँझ आगलागी भएको थियाे । आगलागीबाट अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार ११:१०
















