सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ बढ्यो
वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:२१
1.46K
shares

काठमाडौं । नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ । बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको छ ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:२१

















