राजधानीको दुई स्थानबाट बेवारिसे गाडी बरामद
वि.सं.२०७८ फागुन १६ सोमवार ०८:०९
801
shares
काठमाडौं । राजधानीको दुई स्थानबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई गाडी बरामद गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भन्सार छलि सवारी साधन ल्याइएको सूचनाका आधारमा खटिएको महानगरीय अपराध महाशाखाको टोलीले दुई गाडी बरामद गरेको हो ।
प्रहरीका अनुसार चाबहिलस्थित गोपीकृष्ण हल अगाडिबाट र म्हैपीस्थित विष्णुमती खोला किनारबाट बोलेरो र सुजुकी अल्टो गाडी बरामद भएको हो ।
ती गाडी आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
वि.सं.२०७८ फागुन १६ सोमवार ०८:०९

















