skip this

एकीकृत समाजवादी एमसीसी प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी हुने

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकी सहयोग परियोजना (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा सुरु हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफ्नो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्ने भएको छ ।
‘आजबाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौँ,’प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संसोधन बिना एमसीसी पारित गर्न हुँदैन भन्ने पार्टीको धारणा स्पष्ट राख्ने छौँ ।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो भन्ने संसदबाटै जानकारी दिनेछ ।

nijgadh-supermart-adz1200-630