skip this

अन्ततः एमसीसी पास हुने भो ! ११ बुँदे ‘व्याख्यात्मक घोषणा’ हुने

2.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लामो समयदेखि विवादको केन्द्र बनेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन हुने भएको छ ।
११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।
आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेका सम्भावित कार्यसूचीमा एमसीसी पनि राखिएको छ ।
लचिलो बन्दै गठबन्धन
यसअघि संशोधन बिना अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएका छन् ।
एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) लचिलो भएका हुन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल मात्रै गरे सरकारवाट बाहिरिने संसदीय दल बैठकमार्फत निर्णय पुगेको माओवादी मात्रै होइन, संशोधन बिना अनुमोदन नगर्ने बिपक्षमा मतदान दिने भनिएको नेकपा (एस) शनिबार मध्यरातवाट लचिलो भएपछि एमसीसीको ‘व्याख्यात्मक घोषणा’को ‘ड्राफ्ट’ अन्तिम अवस्थामा पुगेको छ ।
गठबन्धनको बैठक बस्दै
एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

आन्तरिक छलफलमा दुवै दल
एमसीसी परिमार्जन सहित पारित गर्नुपर्ने अडानमा रहेको नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।
बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ ।
एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै
सत्ता गठबन्धनका दल एमसीसीमा यु–टर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ । यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् । ‘एमसीसी सम्झौतामा रहेका प्रावधानका व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ,’ बन्दीले भने ।
कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस)बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरेपछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।
प्रधानमन्त्री ‘उत्साहित’
संशोधन र परिमार्जन बिना एमसीसी अनुमोदन नै नहुने अडान राख्दै आएका मात्रै होइन, बिपक्षमा मतदान गर्ने जनाउँदै आएका सत्ता गठबन्धनका सहयोगी नै ‘व्याख्यात्मक घोषणा’मार्फत जान ‘युटर्न’ भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा उत्साहित देखिएका छन् ।

आफ्नै गठबन्धनका दल असहयोगी देखिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग निरन्तर संवादमा रहेका प्रधानमन्त्री देउवा शनिबार बालकोटसमेत गएनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि समय तय भएको भए पनि गठबन्धनका दल अचानक ‘यु–टर्न’ भएपछि आफू बालकोट नगई दोस्रो तहका नेतालाई पठाएका थिए । एमसीसीमा कडा अभिव्यक्ति दिँदै आएका प्रचण्ड र नेपाल नै ‘यु–टर्न’ भएपछि देउवा ‘व्याख्यात्मक घोषणा’लाई कसरी सर्वसम्मत बनाउने भन्नेतर्फ लागि परेका छन् ।

nijgadh-supermart-adz1200-630