skip this farak Kura Pravakar

काठमाडाैंमा प्रहरीद्वारा एमसीसी सम्झौताको विरोधमा उत्रिएकामाथि अश्रुग्यास प्रहार

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । काठमाडौंमा एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध प्रदर्शननि गर्नेमाथि प्रहरीले अश्रुग्यास र पानीकाे फाेहाेरा प्रयाेग गरेर प्रदर्शनकारीलाई भगाएकाे हाे।

तर, प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ । प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

सो क्रममा प्रदर्शनकारी अविनाश कुवर घाइते भएका छन् । साे घाइते कुवरलाइ नेपाल रेडक्रसकाे टाेलीले उद्धार
गरेकाे छ । र अन्य प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल भएकाे छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

त्यस्तै, प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटनामा दर्जन बढी घाइते भएका छन् ।

nijgadh-supermart-adz1200-630