बानेश्वरबाट लखेटिएका विप्लवका कार्यकर्ताकाे बुद्धनगरमा प्रदर्शन
वि.सं.२०७८ फागुन १५ आइतवार १५:१२

काठमाडाैं । काठमाडौंमा एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्नेमाथि प्रहरीले अश्रुग्यास र पानीकाे फाेहाेरा प्रयाेग गरेर प्रदर्शनकारीलाई बानेश्वरबाट भगाएकाे हाे। उक्त नेकपा विप्लवका कार्यकर्ताकाे बुद्धनगरमा नाराबाजी प्रदर्शन गरि रहेका छन् ।
एमसीसीकाे विरोधमा आइतबार भएकाे प्रदर्शनकाे क्रममा नेकपा विप्लव माओवादीका दुई जना कार्यक्रता गम्भीर घाईते भएका छन् ।
घाईते हुनेमा प्रदर्शनकारी अविनाश कुवरकाे परिचय खुलेकाे छ भने अर्का एक घाइतेकाे परिचय खुलेकाे छैन् ।
कुवरलाई नेपाल रेडक्रसकाे टाेलीद्वारा उद्धार गरेर अस्पतालतर्फ लगेकाे छ ।
एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल भएकाे छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
त्यस्तै, प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटनामा दर्जन बढी घाइते भएका छन् ।

वि.सं.२०७८ फागुन १५ आइतवार १५:१२
















