skip this farak Kura Pravakar

कुनैपनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

एमसीसी अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नेलाई धन्यबाद ज्ञापन

5.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले कुनै मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो ।

बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्टलाई आइतबारको प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुखलगाइतलाई धन्यबाद ज्ञापन गरेको छ ।

बैठकले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाहरुप्रति पनि आभार प्रकट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630