skip this farak Kura Pravakar

तिलगंगा सामुदायिक आँखा अस्पतालबाट लाभ

2.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

तिलगंगा आँखा अस्पताल नेपालका प्रमुख आँखा अस्पतालमध्ये एक हो । स्थापनाकाल देखिनै सुलभ तथा सरल सुविधा दिईरहेको एक उत्कृष्ट अस्पतालका रूपमा स्थापित हुन सफल रहेको छ । तिलगंगा सन् १९९४ मा काठमाडौंको स्थापना भएको हो । नेपाल अन्धोपन नियन्त्रण कार्यक्रम अन्तर्गत एक गैरसरकारी संस्थाको रूपमा सुरुवात भएको थियो । अस्पतालका संचालक र योजनाकार नेत्र विशेषज्ञ डा. सन्दुक रुइत हुन् । यस अस्पतालमा विभिन्न अन्तराष्ट्रिय पार्टनरका रुपमा संस्थाहरु समते आवद् छन् ।
बिरामीहरूको सरल उपचार र अस्पताल व्यवस्थापनका लागि विभिन्न विभागमा विभाजन गरी सुबिधा दिने गरिन्छ । त्यसैगरि विभिन्न स्थानमा यसका शाखाहरु समेत सञ्चालित छन् । यसैक्रममा बाराको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल सञ्चालनका लागि वि.स. २०७५ सालमा निजगढ नगरपालिका र नेपाल आँखा कार्यक्रमबीच सम्झौता भएको थियो । यसको तीन वर्षपछि हालै भवन शिलान्यास गरिएको छ । अस्पताल निर्माण अघि नै उपचार सेवा उद्घाटन गरिएको छ । अस्पतालको भवन अपांगमैत्री, वातावरणमैत्री र लैगिंक मैत्री आँखा अस्पताल निर्माण गरिने छ ।
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको सेवा दुई चरणमा संचालन गर्ने योजना रहेको छ । पहिलो चरण (दुई वर्ष) मा निजगढ प्राथमिक स्वास्थ्य केन्द्र रहेको क्षेत्रभित्र रही नियमित रूपमा आँखा स्वास्थ्य सेवा र बेला बेलामा मोतिबिन्दुको शल्यक्रिया लगायत अन्य विशेषज्ञ सेवा प्रदान गरिने छ । त्यस्तै, दोश्रो चरणमा नेत्ररोग विशेषज्ञ सहितको नियमित सेवा संचालन हुनेछ । आँखा अस्पताल सञ्चालनमा आएसंगै बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाही लगायत मधेसका विभिन्न जिल्ला र सिमावर्ती भारत बिहारका नागरिक समेत लाभन्न्वित हुनेछन् ।

nijgadh-supermart-adz1200-630